बर्ड फ्लु नियन्त्रण कसरी गर्ने

काठमाडौँ । इन्फ्लूएन्जा भाइरसको कारण पन्छी प्रजातिमा फैलिने एभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारीको नाम नै बर्ड फ्लु हो । इन्फ्लुएन्जा भाइरसका तीन समूहहरूमध्ये समूह ‘ए’ मा पर्ने यही भाइरसको सक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लु भन्ने गरिन्छ । यो रोगबाट विशेष गरेर पन्छी प्रजातिमा बढी प्रभावित हुन्छन् ।

यसलाई नियन्त्रण गर्न पशु सेवा विभागले दिएको छ यस्ता सुझाव

–फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नरगराउनु हुन ।

–सम्पूर्ण पन्छीपालक कृषकहरूले फार्म परिसरमा नियमित रूपमा निः सङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुहुन ।

–घरपालुवा पन्छीलाई जङ्गली पन्छीहरूको सम्पर्कमा आउन नदिन खुल्ला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्नरगराउनु हुन ।

–बिक्री वितरणका लागि बजार लगिएका पन्छीहरू फिर्ता ल्याउनुपर्ने भएमा खोरका अन्य बथानसँग नमिसाई कम्तीमा १४ दिन अलग्गै राख्न हुन ।

–पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नरगराउन हुन ।

–कुनै पनि पन्छी फार्म वा अन्य पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन विभागको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *