भाषाविद् चूडामणि गौतमको निधन

काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गरे । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गरेका थिए । त्यसअघि गौतमले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *