मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मंगलबार सार्वजनिक गर्ने तयारी छ । सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्छ, स्रोतले भन्यो, राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक सकियो । अब सञ्चालक समितिको बैठकले पारित गर्छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले केही खुकुलो आउने अपेक्षा गरिएको छ ।