रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

काठमाडौं । मंगलबार बिहान धुलिखेल नगरपालिका १० स्थित शारदा बतासेमा बस दुर्घटना भएको छ । काठमाडौंबाट रामेछापतर्फ गइरहेको बागमती प्रदेश ३ ०१ ००५ ख ९९४२ नम्बरको बस बिहान करिब ८ः२० बजे अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो । बसमा सवार चालक र सह चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उद्धार गरेर धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरुको नाम, थर, वतन र अवस्था खुल्न बाँकी छ। बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस काठमाडौं हुँदै रामेछापको धोवि(सिरेसे हुँदै ओखलढुंगाका लागि छुटेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *