दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् : अध्यक्ष प्रचण्ड

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र(का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् । ‘जनतासँग माओवादी तराई,मधेस जनजागरण अभियान’अन्तर्गत सिरहा सदरमुकाममा आयोजित सभामा उनले दशवर्षे ‘जनयुद्ध’को जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए ।

अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ, अध्यक्ष प्रचण्डले भने । उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान थालेको बताए । मधेसी जनताको आत्मसम्मानका निम्ति आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *