एमालेको आचारसंहिता, विदेश जानुअघि जानकारी दिनुपर्ने
काठमाडौं । नेकपा एमालेले नेता कार्यकर्ताको विदेश भ्रमणबारे आचारसंहिता बनाएको छ । आइतबारको सचिवालय बैठकले आचारसंहिता बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने छ । कुन संस्थाले कुन प्रयोजनका लागि आयोजना गरेको हो पर्याप्त जानकारी गराउनुपर्ने छ ।
गइसकेपछि पार्टी र देशको गरिमा बढाउने हिसाबले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । आइसकेपछि आफ्नो भ्रमणबारे व्यवस्थित रिपोर्ट प्रस्तुत गर्नुपर्ने पोखरेलले जानकारी दिए ।