रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा परेका छन् ।  

यस विषयमा रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् साथै उनले थापाले यस अघिनै आफुले केही व्यक्तिगत कानुनी प्रक्रियाहरु स्पष्ट र समाधान गर्नुपर्ने भएको र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर गएको जानकारी दिएका छन् ।

अमेरिकामा रहेका थापा केही दिन अघि पक्राउ परेका हुन् । अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया विमानस्थलबाटै पक्राउ परेका थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको बताइएको छ । थापा रास्वपामा सभापति लामिछानेको नजिकका नेता हुन् । थापालाई कुन अपराधमा पक्राउ गरिएको हो भन्ने विषय खुलिसकेको छैन ।  

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *