भारतीय प्रधानमन्त्री मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन भारत जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको औपचारिक निम्तो दिन भारत जाँदै छिन्।
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीको समय सुनिश्चित गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतमार्फत भारतका विदेश सचिवलाई आग्रह गरेकी छन् । नेपाली राजदूत डा. शंकर शर्माले मंगलबार भारतका विदेश सचिव विक्रम मिश्रीलाई भेटका लागि समय उपलब्ध गराइदिन औपचारिक अनुरोध गरेका छन् । यसैबीच, अप्रिल २ देखि ३ तारिखसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने विमस्टेक सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताका लागि पनि अनुरोध गरिएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री राणा आगामी साता ‘राइसीना डाइलग’ मा सहभागी हुन दिल्ली जाने तयारीमा छिन्। मार्च १७ देखि १८ सम्म हुने उक्त कार्यक्रममा सहभागी हुनुअघि उनले नियमित स्वास्थ्य जाँच (फलोअप) गराउन दिल्ली जाने सचिवालयले जनाएको छ ।