उदयपुर मिलीजुली समाज कुवेतको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मोहन लुइँटेल

उदयपुर । कुवेतमा स्थापित उदयपुर मिलीजुली समाज कुवेतले आफ्नो तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अधिवेशनबाट मोहन लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन भएको छ ।

२०२१ जनवरी २९ मा स्थापना भएको समाजले फेब्रुअरी २८ का दिन फिन्तास समुद्री किनारामा अधिवेशन सम्पन्न गरेको हो । उदयपुरवासी नेपाली श्रमिकहरूबीच आपसी एकता मजबुत पार्दै सहयोगी भावना विकास गर्ने उद्देश्य लिएको उक्त समाजले नेपालमा विभिन्न प्राकृतिक विपत्तिका समयमा सहयोग पुर्‍याउँदै आएको छ ।

समाजका नव निर्वाचित अध्यक्ष मोहन लुइँटेलका अनुसार संस्थाले कुवेतमा कार्यरत उदयपुरवासी श्रमिकहरूलाई दोस्रो परिवारको रूपमा आत्मसात् गर्दै आर्थिक, मानसिक, सामाजिक तथा आपतकालीन सहयोग पुर्‍याउने लक्ष्य लिएको छ । साथै, उदयपुर जिल्लाका असहाय तथा पीडितहरूलाई सहयोग गर्दै आइरहेको अध्यक्ष लुइँटेलले बताए ।

नयाँ कार्यसमिति:

✔ अध्यक्ष – मोहन लुइँटेल
✔ वरिष्ठ उपाध्यक्ष – विदुर कार्की
✔ उपाध्यक्ष – देवी मगर
✔ महासचिव – रेश्मा मगर
✔ उप महासचिव – विनोद अधिकारी
✔ सचिव – रमेश सिलवाल
✔ सह(सचिव – मिलन खड्का
✔ कोषाध्यक्ष – रिता पुडासैनी
✔ सह(कोषाध्यक्ष – कविता राई श्रेष्ठ
✔ प्रवक्ता – मीन कुमार बिक

सदस्यहरू:
पावन चाम्लिङ राई
राकेश चाम्लिङ राई
देवीमाया थापा
कृष्ण कुमार
सुनिता कटुवाल
सनम राई
दुर्गा धमला
शिखा बान्तवा राई

संरक्षक तथा सल्लाहकार मण्डल:

✔ संरक्षक – इन्द्र परियार
✔ प्रमुख सल्लाहकार – प्रदीप ल्वागुन
✔ सल्लाहकारहरू – युवक राई, उमेश पुडासैनी, रिता राई, हेमा पुडासैनी

समाजले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले समुदाय सेवाका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *