नेपालमा राजसंस्था पुनः स्थापना हुने ४ वटा मुख्य माध्यामहरु

  • नेपालमा राजसंस्था पुनःस्थापना हुने चार वटा मुख्य माध्यमहरू निम्न छन्:

१) नागरिक आन्दोलन्ः हालको दलिय व्यवस्था, नेताहरुको कार्यशैलि र अस्थिर राजनीतिक अवस्थाबाट आजित सचेत नागरिकहरु, विभिन्न राजाबादी संघसस्था र राष्ट्र बचाउनु पर्छ भन्ने सबै तह र तप्काका मानिसहरुको ठूलो समुह सडक आन्दोलनमा उत्रिनु पर्दछ । जसलाई ‘नागरिक आन्दोलन’ भनेर नाम दिन सकिन्छ तर यस नागरिक आन्दोलनको नेतृत्व गर्न राजा ज्ञानेन्द्र आफै पनि तयार हुनु पर्दछ ।

अन्यथा आ-आफ्नै स्वार्थ बाजिएका समुहहरु छन्, जो लामो समयदेखि आफुहरुलाई राजाबादी र राष्ट्रबादी हौं भनि वकालत गरिरहेका छन् । अहिलेको राजनैतीक प्रस्थिती, दल र तिनका नेताप्रति उनिहरुको असन्तुष्टि सामाजिक सञ्जाल लगायत विभिन्न मिडिया र बेलाबखत सार्वजनिक ठाउॅहरुमा प्रत्यक्ष उपस्थित भएर सानातिना आन्दोलन गरेर समेत प्रष्ट देखाई रहेकाछन् ।

२) सैनिक टेकओभरः सैनिक टेकओभर यो अति संवेदनशिल र अलि बढी खतरनाक विषय भएकोले अलि परै राखौं । हालसम्म भएका परिवर्तनहरुलाई समर्थन् र देशको संविधानको रक्षा गर्दै आईरहेको सफा छवि नेपाली सेनाको रहेकोले सेनाले यस्तो कदम उठाई हाल्ला भन्न सकिंदैन । तथापी राष्ट्रमा उत्पत्ति भएको विसम् प्रस्थितीलाई सेनाले मुकदर्शक बनेर हेर्न नमिल्ने साथै देशलाई एउटा राजनैतिक निकास दिनुपर्ने दायित्व भएकोले झिनो आसा स्वरुप यो सैनिक टेकओभरको माध्याम बारे छोटकरीमा चर्चा गरिएको हो ।

३) संसदमा दुईतिहाई बहुमतः संसदमा दुईतिहाई बहुमत भनेको जस्तै राप्रपा लगायतका दल र विभिन्न राजाबादी भनिने संघसंस्थाहरु एक ठाउॅमा आएर २०८४ सालको आम निर्वाचनमा भाग लिने र स्पष्ट बहुमत ल्याएर संसदबाटै संवैधानिक राजा राख्न पारित गराएर पनि राजसंस्था पुनःस्थापना गर्न सकिन्छ । तथापी यो पनि अलि कठिन छ, राजाबादी भनिने मानिस र संघसंस्थाहरुको पनि आ-आफ्नै कन्फिलिक्ट अफ इन्ट्रेष्ट रहेको पाईन्छ । अन्यथा यिनिहरु लामोसमय किन सानो-सानो समुहमा कुर्लिरहन्थे ? यिनिहरु मिलेर राजसंस्था पुनःस्थापना गर्नेमा पनि पुरै विस्वस्त हुने अवस्था छैन तैपनि चर्चा गर्न लायक माध्याम भने हो ।

४) राजतन्त्र फालेका शक्तिले पुनःविचारः यसमा नेपालका सात राजनैतिक दल र तिनका नेता पनि पर्छन् भने दक्षिण छिमेकी भारत तथा अमेरिका लगायत अन्य मित्रराष्ट्रहरु समेत पर्दछन् । सात राजनैतिक दल र राजाबीच ५ बॅुदे सम्झौता भएको र यसमा राजा फाल्ने कुनै बॅुदामा पनि उल्लेख नभएको भन्ने कुरा प्रष्टै भईसकेकोले कसले, किन र कहॅानिर फट्याई गर्यो र नाटकियरुपमा राजा फालियो, त्यही विषयलाई सच्याउन र अगाडी बढ्न सबै राजनैतिक दल तथा नेताहरु तयार भएमा पनि राजसस्था पुनःस्थापनाको संभावना रहन्छ भने विदेशी शक्तिहरुले पनि नेपालको बदलिंदो राजनीतिमा चासो राखे भने संभव छ ।

किनभने अमेरिकी नबनिर्वाचित राष्ट्रपतिले स्पष्टरुपमा अर्बौं डलर नेपालमा धर्म निरपेक्षता र संघियताका लागि खर्च गरिएको जुन फ्रड हो भनिसकेको अवस्था छ । केही इन्ट्रेष्ट राखेर विदेशी शक्तिले लगानि गरेको कुरा स्पष्टै भइसकेको अवस्थामा ऋणमा डुबेर अरु थप संघियता चलाउन नसक्ने स्थिती आउन सक्छ र संवैधानिक राजसंस्था सहितको व्यवस्थामा राजनैतिक कोर्ष करेक्सन पनि हुनसक्छ, यसरी राजसंस्था पुनःस्थापना हुनसक्दछ ।

अर्को कुरा छिमेकी मुलुक भारतले नेपालको वदलिंदो राजनैतिक परिघटनाका धेरै कुरा बाहिर ल्याईसकेको अवस्था छ । उसको इन्ट्रेष्ट नेपालका राजनैतिक दल र नेताहरुसंग बाजिएको अवस्था छ । यसै सन्दर्भमा भारतिय ठाडो हस्तक्षेपमा हिन्दू राष्ट्र सहित राजा चाहिन्छ भन्ने रोल खेलेको खण्डमा पनि राजसंस्था पुनःस्थापना हुने झिनो सम्भावना देखिन्छ ।

गतहप्ता राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रका अवसरमा दिएको अभिव्याक्ति एकदमै स्पष्ट छ । यि चार माध्याम मध्य पहिलो माध्याम निकै आकर्षित देखिन्छ । राजा स्वयंम पनि बाहिरी शक्तिको भर पर्ने छनक देखिन्न । स्पष्ट आफ्नै जनतालाई राष्ट्र बचाउन आह्वान् गर्नुका साथै आफुलाई साथ दिन आग्रह गरेका छन् । त्यसैले यतिबेला नेपालको राजनैतिक वृत्त तातिएको अवस्था छ । राजा ज्ञानेन्द्रको वक्तव्यले एक प्रकारको हलचल नै ल्याईदिएको छ । बाबुराम भट्टराई, प्रचण्ड लगायतले उनको सन्देशको खण्डन गरेका छन् र जेल हाल्ने धम्की समेत दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *