प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक आज साँझ ७ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बैठकमा मन्त्रालयहरूबाट प्रस्तुत गरिएका नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुनेछ । साथै, केही प्रशासनिक तथा राजनीतिक विषयमा समेत थप छलफल र निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयहरूबारे पनि समीक्षा हुने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *