सांग्रिला डेभलपमेन्ट बैंकको ‘सांग्रिला क्विज २०८१’ सम्पन्न

काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको ‘सांग्रिला क्विज २०८१’ सफलतापूर्वक सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’ मा १० टोली सहभागी भएका थिए, जसमा काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी प्रथम तथा सुर्खेत सब(क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी द्वितीय स्थान प्राप्त गरेका छन् । विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिएको छ । प्रथम हुने श्रेष्ठ र सुवेदीले जनही रु. ६०,००० प्राप्त गरेका छन् भने द्वितीय स्थान प्राप्त चौधरी र बीसीले रु. ४०,००० जितेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले विजेताहरूलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगिताको ‘कन्ट्रि राउन्ड’ मा नेपालभरका इटहरी, काठमाडौं, नेपालगञ्ज, पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका २० जना प्रतिस्पर्धी सहभागी थिए । ‘ब्रान्च राउन्ड’ मा ४७६ जनाले प्रतिस्पर्धा गरेका थिए भने ‘क्लस्टर राउन्ड’ बाट १९६ जना छनोट भएका थिए । सांग्रिला डेभलपमेन्ट बैंकले वि।सं। २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा बैंकका लामो समयदेखि सेवा दिइरहेका कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंक हाल ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन, र आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै आगामी दिनमा गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *