सामाजिक अभियन्ता उत्तम कार्कीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । सामाजिक अभियन्ता उत्तम कार्कीले चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्रयास गरेका हुन् । समाज र प्रशासनले आफूमाथि भएको अन्याय कहिले नदेखेको उनले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले प्रहरी अधिकारीको पनि नाम लिएका छन् । आफू अन्यायमा पर्दा पनि प्रहरीले समेत साथ नदिएको कार्कीको आरोप छ । उनले भिडियो पनि बनाएको पाइएको छ । आफूले १२ पटक मुद्दा दर्ता भएको उनको भनाइ छ । १८ दिन हिरासतमा आफू बसेको कार्कीले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *