महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले ६८ औं राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै सहकारी दिवसको थिम सार्वजनिक गरेको हो। ६८ औं राष्ट्रिय सहकारी दिवसको लागि ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने थिम तय गरेको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन्। यस वर्षको थिमले सहकारी संस्थाहरू पारदर्शिता, उत्तरदायित्व तथा सुशासनमा सञ्चालन भई समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने उनको भनाई छ । महासंघ मुलुकभरका सहकारी संघ संस्थाहरू, सरोकारवालाहरू तथा सम्पूर्ण सहकारी अभियन्ताहरूलाई ६८ औं राष्ट्रिय सहकारी दिवसमा तय गरिएको थिममा आधारित रहेर भव्य रूपमा मनाउन र बर्षभरिका क्रियाकलाप सम्पन्न समेत महासंघले आह्वान गरेको छ । करिब ३२,००० भन्दा बढी सहकारी संघ९संस्थाहरूमा आवद्ध ७३ लाखभन्दा बढी सदस्यको विशाल नेटवर्क रहेको यो अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बर्षका रुपमा समेत यो दिवस मनाउन अनुरोध गरेको छ । यस वर्षको राष्ट्रिय सहकारी दिवस विशेष रूपमा महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ विश्वभर मनाइरहेको सन्दर्भमा महासंघले संघिय सरकारसँग सहकार्य गर्दै यस दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने योजना बनाएको जनाएको छ। साथै, सम्पूर्ण सहकारी संघ संस्थाहरूले सुशासन, मर्यादा तथा प्रतिस्पर्धात्मक क्षमताका आधारमा आफ्नो भूमिका प्रभावकारी बनाउन महासंघको अनुरोध छ । सहकारी अभियानलाई सुदृढ गर्दै समाजलाई आर्थिक रूपमा सक्षम बनाउने दिगो प्रयासमा सबैको सहभागिताका लागि महासंघले अपिल गरेको छ। नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रूपमा मनाउने परम्परा रहि आएको छ । नेपालको पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, वि।सं। २०१३ मा स्थापित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *