प्राप्त उपलब्धिलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई सचेतक घिमिरेको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका  छन्।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका हुन्।

उनले मुलुकमा प्राप्त उपलब्धि र सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह गरे। घिमिरेले मुलुक संघीयतामा गइसकेपछि देश विकास र सुशासन प्रवर्द्धन भई जनतामा आशा र विश्वास पैदा भएको दाबी गरे।

उनले हरेक वर्ष लाखौँ युवाहरू बिदेसिएको विषय उठान हुने गरे पनि मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *