काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको नयाँ मिति तय, चैत १३ गते हुने
काठमाडौं । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ मिति तय भएको छ। विद्यार्थी संगठनहरूको विवादका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।
आज (सोमबार) निर्वाचन अधिकृत अंगदमणि गौतमले सार्वजनिक गरेको सूचनामा चैत १३ गते स्ववियुको निर्वाचन हुने उल्लेख छ । यसअघि विद्यार्थी संगठनहरूको विवादका कारण क्याम्पसको मूल गेट र क्याम्पस प्रमुखसहितको कार्यकक्षमा ताला लगाएपछि स्थगित गरिएको थियो ।
सूचनाअनुसार चैत १३ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।