इटहरी आगलागी: ६ घण्टापछि पूर्ण नियन्त्रण
काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ ।
करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उक्त आगलागीमा कुनै पनि मानवीय क्षति नभएको जानकारी दिए । उनले आगलागीबाट ‘के कति क्षति भयो ?’ भन्नेबारे विवरण नआइसकेको बताए ।
उक्त आगलागीबाट ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू मध्ये ८ पुरुष र ३ महिला रहेका छन् । बुधवार बिहान साढे ९ बजेदेखि आगो लागेको थियो ।