प्रतिनिधिसभाको बैठक अपराहन्न ३ बजेदेखि बस्ने
काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराहन्न ३ बजे बस्ने भएको छ ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएपनि समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुने नियम छ ।
समयमा बैठक संचालन हुन नसकेपछि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् ।