एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण
काठमाण्डौं । एभरेष्ट बैंकले एक विशेष समारोहकाबीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष डा.बालगोपाल वैद्यले अनावरण गर्नु भएको छ ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङ तथा अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।