माछापुच्छ्रे बैंकमा ‘गेटपे’नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सहकार्य गर्दै ‘गेटपे’ नामक नयाँ डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानी छिटो, सरल र प्रभावकारी बनाउने दाबी गरिएको छ । सिटीटेकले विकास गरेको गेटपे प्लेटफर्म बैंक तथा वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न अझ सजिलो बनाउने लक्ष्यका साथ ल्याइएको हो । माछापुच्छ्रे बैंकमा यो सेवा कार्यान्वयन भएपछि व्यवसायीहरूले आफ्ना सबै कारोबार एउटै स्थानबाट ट्र्याक गर्न सक्नेछन् ।

गेटपे सेवाले भुक्तानी, कारोबार हिसाब र व्यापारिक गतिविधि एकै ठाउँमा व्यवस्थापन गर्न मद्दत गर्नेछ । यसबाट डिजिटल भुक्तानीको अनुभव सुधारिने र आर्थिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास लिइएको छ । यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ । सिटीटेकका अनुसार गेटपे सेवाले डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउँदै सही आर्थिक निर्णय लिन मद्दत गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *