संसद् कि रत्यौलीको अखडा ?

प्रतिनिधिसभाको अधिवेशनमा पछिल्लो कालखण्डमा भएका गतिविधिले संसदीय लोकतन्त्रकै धज्जी उडाएको छ । संसद् राष्ट्र र जनताका मुद्रामाथि बहस गर्ने, कानुन निर्माण गर्ने र विधि विधानको व्यवस्था गर्ने थलो हुनु पर्ने हो । तर सांसद बन्न अयोग्यहरूको जमघटले संसद् रत्यौलीको अखडा बन्न पुगेको छ । रत्यौलीकै शैलीमा अभिव्यक्ति दिने, व्यवहार देखाउने र जग साई गर्ने कार्यमा सत्तारुढ दल र प्रतिपक्ष दुबैबिच कडा प्रतिस्पर्धा भइरहेको छ ।

संसद्को मर्यादा राख्ने र गरिमा बढाउने कार्यमा संसद् र सभामुखको भूमिका झनै कमजोर देखिएको छ । संसद्मा अघिल्लो हप्ता एमाले सांसद रघु पन्तले देखाएको व्यवहारले त संसारभरिकै संसदीय व्यवस्थाका पक्षधरहरूलाई लज्जित तुल्याएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाहीलाई प्रतिनिधिसभाको अधिवेशनमै तिमी भनेर संशोधन गर्दा समेत त्यो भनाई संसद्को रेकर्डबाट हटाउन सभामुख तयार नुहुनुले दलको पपेटगिरीमा सभामुख संलग्न भएको प्रस्ट देखिएको छ । भारतीय सिने पत्रिका सिने लहर माया पुरी आदिको कटिङ पोस्टिङ गरेर लेखक कहलाएका रघु पन्त लाज सरम हराएका व्यक्ति हुन । उनी अन्डर एसएलसीको आफ्नो औकात बारम्बार देखाउँछन् । आधुनिक नेपालको निर्माण अभियान र राजाको सम्बन्धमा उनले दिएका अभिव्यक्ति त झुट, वैमानीपुर्ण अतिरञ्जना र लज्जास्पद नै देखिन्छन् । अङ्ग्रेजले भरखर भारत छाडेको वेला दिल्ली निर्वासनमा रहेका राजा त्रिभुवनलाई कलकत्तामा वेश्या गमनमा लगेकाले प्रधानमन्त्री नेहरु नै अजित भएको जस्ता हावादारी र कपोलकल्पित कुरा गर्दा पनि सत्तारुढ एमालेले त्यसलाई सच्याउन जरुरी ठानेनन् । कलकत्ता वा दिल्लीको दुरीको बारेमा समेत सामान्य जानकारी नभएका पन्त संसद्लाई वेइजत गर्ने एक्ला पात्र भने होइनन् । उनी जस्तै गलत र भ्रामक कुरा गरेर जग साई गर्ने र अपठित तप्कालाई गुमराहमा पार्ने अरू पनि थुप्रै छन् । त्यस्तो कार्यमा सत्तापक्ष र प्रतिपक्ष बराबर सहभागी छन् । पन्त कमजोर निष्ठा र चरित्र भएका व्यक्ति हुन । उनी युवा कालमा काठमाडौँका बदनाम व्यक्ति पनि हुन । उनको आर्थिक गतिविधि, चरित्र र लेखन कुनै पनि इमान र निष्ठामा थिएन ।

अहिले प्रधानमन्त्री स्वयम, प्रमुख विपक्षी नेता, पूर्व प्रधानमन्त्रीहरुले नै आफूलाई व्यवहार र अभिव्यक्तिले आफूलाई योग्य साबित गर्न सकेका छैनन् । राजा र राजतन्त्रका बारेमा अभिव्यक्ति दिँदा विगतको गौरव, नेपालको निर्माण र विकासको सही तथ्याङ्क पनि बुझ्न जरुरी छ । अब फेरि राजतन्त्र आउँछ कि आउँदैन भन्ने बहसमा दलहरू सरकार र संसद्लाई अनावश्यक बहसमा होम्ने भुल भइरहेको छ । त्यो बहस पनि अश्लील र भद्रा किसिमले अघि बढेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चोरको खुट्टा काट भन्दा खुट्टा उचाले जस्तो व्यवहार देखाउँछन् । अर्का प्रधानमन्त्री बाबुराम भट्टराई त झन् निर्वस्त्र भएर दौडिरहेका छन् । पूर्व प्र म माधव नेपालको पनि त्यो भन्दा फरक स्थिति छैन । यस्तो अवस्थामा देशको उत्थान कसरी सम्भव छ । सरकारको विश्वसनीयता, दलहरूको औचित्य र संसद्को गरिमा अभिवृद्धि नभई स्थायित्व, शान्ति र समृद्धि त आकाशको फल आँखा तरी मर जस्तो मात्रै हुन्छ ।

जनताले पहिले पार्टीहरूलाई पत्याउनु प¥यो । त्यसपछि पार्टीकै विश्वासमा जनमतद्वारा अनुमोदित भएर सांसद बनेका र सांसदद्वारा निर्वाचित सरकारको औचित्य साबित हुन्छ । पैसा, पावर र प्रभावको आधारमा टिकट पाउनेहरूले जितेपछि आफूलाई योग्य साबित गर्न नसक्नु यो व्यवस्थाको असफलताको सङ्केत हो । चर्को स्वरले चिच्याएर र आफूमाथि खतरा हुने देखियो भने त्यसलाई आमा चकारी गाली गरेर कोही पनि योग्य र सुरक्षित रहन सक्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *