दुर्गा प्रसाईँको स्पष्टीकरण- मार्ने योजना बुनेको थाहा पाए, त्यसपछि प्रहरी घेरा तोडेर ज्यान जोगाए
काठमाडौँ । राजावादीहरूको राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।
शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै , ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’ त्यसयता फरार रहेका प्रसाईंले केहीबेरअघि सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफि समेत मागेका छन् ।
‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’ प्रसाईंले भनेका छन् ।