सिंहदरबारमा ७ बजे गणतन्त्र पक्षधरको सर्बदलीय बैठक, राप्रपालाई बोलाइएन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र पक्षधरहरूको सर्बदलीय बैठक आब्हान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको बैठक आज साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको जानकारी दिएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्बदलीय बैठक बोलाएका हुन् ।
यस बैठकमा राजावादी दल राप्रपालाई भने निषेध गरिएको छ । बैठकमा गणतन्त्र पक्षधर दलहरूलाई मात्र बोलाइएको छ । प्रधानमन्त्री ओलीले आइतबार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेपछि सर्बदलीय बैठक बोलाएका हुन् ।