हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिटको सुनुइवाई हेर्दा हेर्दैमा रहेको छ ।

आज (मंगलबार) सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा कुलमान र हितेन्द्रको रिटको सुनुवाई हेर्दाहेर्दै मा रहेको हो । यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा परेको यो रिट हेर्न नमिल्नेमा परेको थियो । यसअघि शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन आदेश दिएको थियो ।

साथै सो इजलासले पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको थियो । कुलमानले सरकारले बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदरको माग गर्दै अन्तरिम आदेशको माग गरेर विहिबार रिट दायर गरेका थिए । त्यस्तै विहिबार नै शाक्यले यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको सेवा सुबिधा माग गर्दै रिट दायर गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *