प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालमा अहिले पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । यसअघि हिजो साँझ उनको एक्स-रे गरिएको थियो । एक्स-रेको रिपोर्टपछि बुधवार पोस्टमार्टम गरिएको हो ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स-रे गर्न ढिलाइ भएको थियो । केही मिडिया तथा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरू सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स-रे नगरी पोस्टमार्टम नगर्ने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *