नेपाल यू-१९ टिम अफगानिस्तानसँग १३० रनले पराजित

काठमाडौँ । अफगानिस्तानको यू-१९ टिमले पहिलो खेलमा नेपाललाई पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको पहलो खेलमा अफगानिस्तानले नेपाललाई १३० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछाएको नेपाली टिमले ४६.२ ओभरमा अल आउट हुदै १७० रन मात्र बनाएको थियो । नेपालका लागि निरज कुमार यादवले ५३ रन बनाए भने सन्तोष यादव र आशिक धामीले २४-२४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउदै ३०० रन बनाएको थियो । अफगानिस्तानका लागि फैजल शिनोजादाले ९७ रन बनाएका थिए भने खालिद अहमदजाईले ७६ रन बनाएका थिए । त्यस्तै बरकत इब्राइमजाईले ३५, उजैरुल्लाह नियाजाईले २४, अजिजुल्लाह मिया खिलले २१ रन र अब्दुल अजिजले अविजित १५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्तोष यादवले ३ विकेट लिएका थिए भने अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिन शर्माले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *