महासंघद्वारा शैक्षिक हडतालको घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन भोलि अर्थात् सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ ।
महासंघले देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौँ केन्द्रित सडक आन्दोलनमा अनिवार्य सहभागी गराउन हडतालको घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सहभागी हुन सबै शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ ।
यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले आग्रह गरेको छ । शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै महासंघले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको छ।
शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।
.jpg)