राप्रपाको मंगलबार हुने प्रदर्शन बल्खुमा हुने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंगलबार हुने बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रशासनले सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गरेर बल्खु सारिएको हो । प्रवक्ता श्रेष्ठले भनेका छन्- सरकारको रवैयाबाट बुझौं हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।
सुरक्षा संवेदनशीलता देखाउँदै जिल्ला प्रशासन कार्यालयले राप्रपालाई उक्त स्थानमा विरोध प्रदर्शन गर्न दिन नसकिने बताएको थियो ।