रास्वपाका सभापति रवि लामिछाने कारागार चलान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् ।
आज (सोमबार) प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् । सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने पक्राउ परेका थिए । अदालतको आदेश लगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति पक्राउ गरी शनिबार बिहान जहाजबाट भैरहवा पुर्याएको थियो ।
जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गएको माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।