बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज

काठमाडौँ । फिल्म ‘कल्ली’ को यतिबेला जुम्लामा छायाङ्कन भइरहेको छ । छायाङ्कनकै समय फिल्मको रिलिज मिति आउँदो वर्षको कात्तिक २१ घोषणा गरिएको छ । निर्माण युनिटले वितरक काफिया फिल्मस् र कुबेर फिल्मस्सँगको सल्लाह अनुसार फिल्मको रिलिज मिति तय गरेको हो । फिल्म कात्तिक २१ गते रिलिज गर्ने तय भएको प्रस्तुतकर्ता किरण नेपालीले बताए । हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्मको निर्देशक लक्ष्मण सुनार हुन् ।

कथा समेत निर्देशक सुनारकै रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म बनेको हो । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारको अभिनय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *