जारी चार देशीय टी-२० सिरिजको फाइनल खेल आज हुदै

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२० सिरिजको फाइनल खेल आज हुदै छ ।

फाइनल खेल नेपाल र कुवेतबीच हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुदै छ । शनिबार हङकङविरुद्धको खेल बर्षाले पुरा हुन नसकेपछि दुवैले एक एक अंक बाँडेसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो ।

नेपालले यसअघि लिग चरणमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै आज तेस्रो स्थानको लागि हङकङ र कतार खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बिहान ६:४५ बजेदेखि शुरु छ । यो सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेत रहेकाछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *