पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन् । उनले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन् । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन् ।

पूर्वराजा शाहले भिडियो सन्देशमा भने, “केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी र तोडफोड भएको थियो, त्यसबाट भएको मानवीय र भौतिक क्षति अत्यन्तै दुःखदायी छ।“ उनले त्यस घटनाले नेपाली समाजमा गम्भीर असर पार्ने आशंका व्यक्त गर्दै शान्ति र सद्भावको आवश्यकता औंल्याए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *