बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेका समाचारमा बताइएको छ । आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको समाचारमा बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *