नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन एक हजार ७०० रुपैयाँले घटेको हो । चैत ३१ को कारोबारमा सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको थियो । सोमबार नयाँ वर्षको सार्वजनिक बिदापछि मंगलबार १७०० रुपैयाँ घटेर एक लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ घटेर एक हजार ९४५ कायम भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *