नेपाली बजारमा सुनको मूल्य नयाँ किर्तिमान, तोलाको एक लाख ९० हजार

काठमाडौँ । नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।

आज सुन तोलामा ३६ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको जानकारी दिएको छ । यसअघि बुधबार सुन तोलामा एक लाख ८७ हजारमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्य भने सामान्य बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *