रास्वपाको महाधिवेशन फागुनमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो । २०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गगरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ९ सय ७५ वडा समिति गठन भइसकेको छ भने त्यसमध्ये ७ सय वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७ सय ५३ पालिकामध्ये ४ सय ५८ वटा पालिकामा समिति गठन भइसकेको छ। यस्तै ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सात वटै प्रदेशमा समिति गठन भएको छ ।
प्रदेश इन्चार्ज, को कहाँ ?
केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्ज तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् । मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् । त्यस्तै गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *