सरकारले गति बढाउनुपर्ने काग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरुसहितको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रफरमेन्स अझै राम्रो हुनुपर्ने र गठबन्धनमा रहेका दलहरुबीच समन्वय हुनुपर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘सरकारले अझै परफरमेन्स दिन सक्नुपर्छ र तालमेल राम्रो मिल्नुपर्छ भन्ने कुरा उठेको छ । त्यो सम्बन्धमा नेतृत्व तहले कुराकानी गरिरहेको छ । सुधार आवश्यक भएको ठाउँमा थप समन्वय गर्नुपर्छ भन्ने कुरा आएको छ।’

बैठकमा सरकारप्रति असन्तुष्ट नेताहरूले आफ्नो कुरा राखेको बताउदै उनले भने- ‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलले चाहेजस्तो हुँदैन, चाहे प्रधानमन्त्री भएको दलको किन नहोस् । त्यसैले सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता छ। सबैको कुरा समेट्नुपर्ने छ । नियुक्तिका कुराहरुमा पनि सन्तुलन मिलाउनुपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *