युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चीनमाथि लगाए रुसलाई हतियार दिएको आरोप

काठमाडौं । चीनले रुसलाई हतियार दिइरहेको युक्रेनले आरोप लगाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको गुप्तचर तथा सुरक्षा सेवाबाट प्राप्त सूचनाको आदारमा उक्त कुरा बताएको छ । जेलेन्स्कीले बताए अनुसार चीनले बारुद र तोपखाना आपूर्ति गराइरहेको छ । जेलेन्स्कीले चिनियाँ कम्पनीहरू रुसमै बसेर काम गरिरहेको आरोप पनि लगाएका छन् । युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनमा जेलेन्स्कीले यो जानकारी दिएको पोलिटोको अनलाइनमा उल्लेख छ ।

युक्रेनी सरकारले अर्को हप्ता यस सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने उनले पत्रकार सम्मेलनमा बताए । चीनले औपचारिक रूपमा रुस–युक्रेन युद्धप्रति आफू तटस्थ रहेको दाबी गर्दै आएको छ । चीनले युद्धको शान्तिपूर्ण तथा कूटनीतिक समाधानको पक्षमा रहेको बताउँदै आएको छ । तर, सन् २०२२ फेब्रुअरीमा रुसले आक्रमण सुरु गर्नुभन्दा केहीअघि मस्को र बेइजिङले सीमाविहीन साझेदारी सम्झौता घोषणा गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *