संगीता अधिकारी भइन् मिसेस डिभा नेपाल–२०२५

काठमाण्डौं । मिसेस डिभा नेपाल–२०२५ को ताज काठमाडौं सिनामंगलकी संगीता अधिकारीले पहिरिन सफल भएकी छन् । राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न भएको कार्यक्रममा उनले ताजसँगै एनएफईए अवार्ड २०२६ लन्डनमा सहभागी हुनका लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित उक्त कार्यक्रममा फर्स्ट रनरअप टीका राना मगर तथा सेकेण्ड रनरअप सम्झना गौतम चयन भएका छन् । विवाहित महिलाहरूको सो सौन्दर्य प्रतियोगितामा करिव एक दर्जन महिलाहरूले आफ्नो आन्तरिक प्रतिभा र वौद्धिकता प्रदर्शन गरेका थिए । सम्पूर्ण प्रतियोगीहरूलाई तयार गर्ने अभिभारा भने चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाले लिएकी थिइन् । सुब्बाकै प्रशिक्षणमा प्रतियोगीहरूले क्षमता विकास, बौद्धिकता प्रस्फुटन, व्यक्तित्व विकास, स्टेजको प्रस्तुती, मिडिया प्रस्तुतीकरणलगायतका विषयमा बन्दसत्रमा सहभागी भएका थिए । कार्यक्रममा विविध सबटाइटल अर्वाडहरूसमेत वितरण गरिएको थियो । जसमा मोस्ट स्मार्ट टीका राना मगर, मोस्ट कन्फिडेन्ट एवं पब्लिक च्वाइस भिडियो संगीता अधिकारी, बेस्ट पर्सनालिटी एवं मोस्ट पपुलर सम्झना गौतम, , मोस्ट डेडिकेटेड पवित्रा अर्याल, मोस्ट चार्मिङ माया तामाङ, बेस्ट ट्यालेन्ट रिमा विश्वकर्मा, वेस्ट फोटोजेनिक रमिला कुस्वार, मोस्ट याक्टिभ लक्ष्मी शाही शाक्य, मोस्ट डिलिजेन्ट पार्वता पुन र बेस्ट मल्टिमिडिया रोजी ब्लोन हुन सफल भए । कार्यक्रममा प्रतियोगीहरूले परिचयात्मक चरण, सांस्कृतिक परिधानको प्रस्तुती, प्रश्नोत्तर चरण, लिखित चरण पार गर्दै क्राउनिङ चरणसम्म पुगेर उपाधि चुमेका थिए । कोरियोग्राफर हिमानी सुब्बाका अनुसार घर गृहस्थी तथा आम दैनिकीमा अभ्यस्त महिलाहरूले तीन साताको प्रशिक्षणमा आफूलाई आमुल परिवर्तन गरेको स्टेजको प्रस्तुतीमा छनक पाइन्थ्यो । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन कलाकारहरूले विविध नृत्य तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णायक मण्डलमा मोडल तथा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा इभेन्टकर्मी सिद्धार्थ सिंह, मिसेस ग्लोबल नेपाल–२०२४ तथा फेसन डिजाइनर सुनिता भुजेल, मिसेस क्यापिटल क्विन नेपाल–२०२४ रमिता भण्डारी र ब्युटिसियन नेपाल–२०२५ सुष्मा दाहाल रहेका थिए । बद्लिँदो समय सापेक्ष आफ्नो प्रतिभा प्रस्फुटीकरणका हेतु महिलाहरूको लागि आवश्यकीय मञ्च प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *