कक्षा १२ को परीक्षालाई सहयोग नगर्ने महासंघको निर्णय
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ ।
सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग नगर्नु नगराउनु तथा सहभागीता नजनाउनु हुन अनुरोध गरेको छ ।
मंगलबार नै राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गते देखि हुने कक्षा १२ को परीक्षा नियमित संचालन गर्ने र शिक्षकहरुले सहयोग नगरेमा अन्य सरकार कर्मचारीलाई लगाएर परीक्षा संचालन गर्ने निर्णय गरेको थियो ।