संयुक्त समितिका संयोजक सुवेदी प्रहरी निगरानीबाट हटे

काठमाडौँ । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको प्रहरी निगरानी हटेको छ ।

सुवेदीले आफू गत चैत्र १५ गतेबाट चौबीसै घण्टा प्रहरीको निगरानीमा रहेको र आजदेखि प्रहरी निगरानी हटेको र संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको जानकारी गराएका छन् ।

सुवेदी प्रहरीको निगरानीमा परेपछि जनआन्दोलन समितिको कार्यवाहक संयोजकको भूमिका डा. जगमान गुरुङले सम्हालेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *