नेपालले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार सामाजिक सञ्जालमार्फत नेपाली टिमले फिफा जुन विन्डोमा हङकङविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने जनाएको हो । खेल हङकङमै जुन ५ मा हुनेछ ।
फिफा वरीयतामा हङकङ नेपालभन्दा २२ स्थान माथि छ । फिफाको वरीयताअनुसार हङकङ १५३औँ र नेपाल १७५औँ स्थानमा छन् । यसअघि, नेपालले फेब्रुअरी विन्डोमा सिंगापुरविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।