नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेल लज रिसोर्टमा विशेष छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले धुलिखेल लज रिसोर्टमा विशेष छुट पाउने भएको छन् । बैंक रिसोर्ट बिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी अला कार्ट मेनु रकममा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका चिफ मेनेजर एवं बाग्मती प्रदेश प्रमुख सुशिलराज श्रेष्ठ र धुलिखेल लज रिसोर्टका प्रबन्धक संचालक प्रेमकण्ठ श्रेष्ठले हस्ताक्षर गरेका छन् ।बैंकले विगत ३१ वर्षदेखी बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैकिङ, ७ प्रादेशिक कार्यालय र १ कर्पोरेट कार्यालय संचालनमा छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *