नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिए

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त शिक्षा, विज्ञान प्रविधिमन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपतिले शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिएपछि पन्तलाई नियुक्त गरिएको हो ।

विगतमा प्रधानमन्त्री ओलीका कडा आलोचक रहेका पन्त पछिल्लो समयमा ओलीको पक्षमा खुलेर लागेपछि उनलाई पुरस्कार स्वरूप मन्त्री बनाइएको चर्चा मिडिया र सामाजिक सञ्जालमा चलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *