सामाजिक सञ्जालमा स्टन्ट गरेर देश बन्दैन- सुनिता डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने भन्दै बालेनप्रति कटाक्ष गरेकी छन् ।
आज (बिहीबार) काठमाडौँको भृकुटी मण्डपमा एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै डङ्गोलले सामाजिक सञ्जालमा स्टन्ट गरेर देश नबन्ने भन्दै एमालेले सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी हुन् । उनले भनिन्- ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन । लुटपाट गर्न युवा प्रयोग गर्दैन र राष्ट्रको काम गर्न प्रेरित गरिरहन्छ । सोसल मिडियामा भाँडभैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन ।’
साथै कार्यक्रममा डंगोलले एमालेबाट उपमेयरमा चुनाव लड्दै गर्दा बेकारमा पार्टीमा गएर जीवन बिगारेको र भ्रम छर्दै भड्काउने प्रयास भएको बताइन् । उनले आफुले जवाफमा उनले इतिहास बुझेको र अध्ययन गरेको भन्दै एमालेले सरकारमा गएका बेला राष्ट्र विकास गरेको भन्दै आफू एमालेमै लाग्ने निर्णय गरेको बताइन् ।