एमालेसँगको सत्ता सहकार्य नतोड्नेमा कांग्रेस स्पष्ट
काठमाडौँ । नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य नतोड्ने स्पष्ट गरेको छ ।
आज (शुक्रबार) प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट गरेका हुन् । अहिले सरकार ढलाएर अस्थिरता निम्त्याउने प्रयास भएको भन्दै कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताएका हुन् । नेता घिमिरेले सरकारले गति बढाउनुपर्ने, आम जनतामा बढेको निराशा हटाउनुपर्नेमा कांग्रेसको जोड रहेको बताउदै कांग्रेस गठबन्धन बदलेर अस्थिरताको पक्षमा नरहेको बताए ।
प्रमुख सचेतक घिमिरेले राजतन्त्र फर्किन सम्भव नरहेको बताउदै यसको पक्षमा लागेका दलहरुलाई राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी समेत दिए । देशले संबैधानिक राजतन्त्र र सक्रिय राजतन्त्र पनि हेरिसकेको भन्दै अब फेरी त्यो सम्भव नरहेको बताएका हुन् ।