प्रकृतिको नियम उल्लंघन नगर्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मानवका क्रियाकलापले प्रकृतिमा पर्ने नकारात्मक असरले आफैँलाई जोखिम निम्त्याउने चेतावनी दिएका छन्।

२०७२ सालको विनाशकारी भूकम्प सम्झनाका क्रममा ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री लेखकले प्रकृतिको नियम उल्लंघन नगर्न सबैलाई सचेत गराए। उनले वातावरण संरक्षणमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे । विपद् व्यवस्थापन र न्यूनीकरणमा सरकार मात्रै होइन, आम नागरिकको पनि सक्रिय सहभागिता आवश्यक भएको उल्लेख गर्दै उनले नागरिकहरूलाई सजग र जिम्मेवार बन्न आग्रह गरे।

सरकार भन्नाले केवल प्रधानमन्त्री वा मन्त्रीहरू मात्र होइन, हामी सबै नागरिक सरकारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छौँ,उनले भने,यसैले सबैले विपद् रोकथाममा आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । गृहमन्त्री लेखकले नेपालको भौगोलिक संरचना अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै नियमित सतर्कता र सावधानी आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तनका असर, अतिवृष्टि, बाढी, पहिरोका घटना केही हदसम्म अनुमान गर्न सकिए पनि भूकम्पजस्ता प्राकृतिक प्रकोप पूर्वानुमान गर्न नसकिने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *