विवादित अभिनेत्री सुरक्षा पन्तको चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कोशेढुङ्गा’को फर्स्ट लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ ।

निर्माणपक्षले फर्स्ट लुक्सका रूपमा सिनेमाको पोस्टर बाहिर ल्याएको हो । भदौ १२ गते रिलिज हुने चलचित्रको पोस्टरमा चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् । उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन । घर, पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । केही समय छोडिएको घर पुनः फर्किएर बस्नेगरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।

बादलको घुम्टोमुनि पहाड, पहाडको फेदीमा रहेको घर, घरको आगनमा भर्खरै सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *