शिक्षक र सरकारबीचको वार्तालाई निरन्तरता दिने सहमति

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्तालाई निरन्तरता दिने सहमति भएको छ । शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबीचको छलफलमा वार्तालाई निरन्तरता दिने सहमति भएको हो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मुद्दा पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । उनले शिक्षक महासंघले आन्दोलनका क्रममा उठाएका विषयवस्तुबारे मन्त्री पन्तसँग छलफल भएको बताए । उनले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए । नेपाल शिक्षक महासंघ अहिले आन्दोलनमा छ ।

आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा मन्त्रीज्यूको उपस्थितिमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रबार दोस्रोपटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए । उनले अहिले नै निष्कर्षमा पुगिनसके पनि सरकारले आफूहरूका माग पूरा गरे वार्ता टुंगोमा पुग्ने बताए । उनले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी तथा अभिभावकहरूको जिम्मेवारी पनि शिक्षक महासंघलाई रहेको बताए । शिक्षक कर्मचारीको सेवा सुविधामात्रै सुनिश्चित गर्नका लागि नभइ गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको उनको भनाइ छ । केही समय लागे पनि निकास दिएरै छोड्ने उनले बताए । उनले आन्दोलन सुरु भएको ८५ दिन भएको बताए । सडक आन्दोलनको भने आज २५औँ दिन हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *