एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बताइएको छ । आज बस्ने सचिवालय बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ ।